१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

अविरल बर्षाको कारण कृष्णनगर बजार डुबानमा



दिपक अनुरागी, कपिलबस्तु, ३० साउन ।
शुक्रबार देखिको अविरल बर्षाको कारण कपिलवस्तुको कृष्णनगर बजार डुबानमा परेको छ । भारतीय सिमावर्ती बजारमा रुपमा रहेको कृष्णनगर बजार डुबानमा परे संग बजारबासी त्रसितमा छन् । बजार क्षेत्रमा ढल निकासको उचित व्यवस्थापन नभएको कारण बजार डुबानमा परेको हो । अविरल बर्षाको कारण नालीको फोहर पानी सडकमा ३ देखि ४ फिट सम्म जम्मा भएको छ ।

बजारको काली मन्दिर चौक, बस स्टेण्ड, कृषि बिकास बैंक, ईलाका प्रहरी कार्यालय लगायतका स्थान डुबानमा परेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । कृष्णनगरपालिका भित्र पर्ने यस बजारमा ढल निकासको व्यवस्था छैन् । भारतीय सिमावर्तीको संग जोडिएको बजार भएको कारण पनि पानी बगेर जाने ठाउँ नभएको हो । भारतीय पक्षले ढल निकासा गर्न दिदैन भने नेपाली भुभागमा पानी अडाएर राख्ने स्थिती छैन् ।

बजारबासीले भने कृष्णनगर नगरपालिकालाई पटक पटक ढल निकासको व्यवस्था गर्न माग गरे पनि अटेर गरेको कारण यो स्थिती आएको गुनासो गरेका छन् । बजार डुबानमा परे पनि कुनै पक्षबाट चासो नदिएको भन्दै बजारबासी आक्रोसित बनेका छन् ।

जिल्लाका अन्य दक्षिणी भेगका बहादुरगञ्ज, महाराजगञ्ज लगायतका बजार पनि डुबानमा परेका छन् । वाणगंगा, कोइली, गुडुरुङ, सुरई नदीमा पानीको वहाव बढेको कारण नदी वरपरमा बासिन्दा पनि त्रसितमा छन् ।
फोटो -पत्रकार अंकुश श्रीवास्तवको फेसबुकबाट

 

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  ३ : १४ बजे