१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तुका कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै



कपिलवस्तु, ३० साउन ।
भाद्र कृष्ण अष्टमीका दिनमा हरेक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व सोमबार कपिलवस्तुका विभिन्न कृष्ण मन्दिरहरुमा भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

जिल्लाको तौलिहवामा रहेको राधाकृष्ण मन्दिरमा पनि विहानै देखि दर्शनार्थीको घुँइचो लागेको थियो । मधेसी समुदायले मङ्गलबार कृष्णजन्माष्टमि पर्व मनाउने भएको कारण त्यहाँ झनै चहलपहल बढेको छ ।

यता वाणगंगा नगरपालिका पिपरा स्थित कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । श्रीकृष्ण जन्माष्टीका दिन पूजा आराधनाका लागि व्रतालु भक्तजनको लामबद्ध भीड लागेको थियोे । पूजाका नगरपालिका वडा नम्बर २ र चारनम्बर, गजेहडा सहित विभिन्न स्थानबाट व्रतालु भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।
आजको दिनमा विशेषगरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

 

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  २ : ४२ बजे