२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

रुपन्देहीमा एक हजार हेक्टर क्षेत्रफलको धान खेत ढुवानमा



भुवन पाण्डे, भैरहवा, ३१ साउन ।
शुक्रबारदेखि परेको अभिरल वर्षाका कारण रुपन्देहीमा करिव एक हजार हेक्टर क्षेत्रफलमा लगाएको धान खेत ढुवानमा परेको छ । ढुवान भएको मध्य एक सय ५० हेक्टर क्षेत्रफलमा लगाएको खेत नष्ट भएको कृषि विकास कार्यालयले जनाएको छ ।

तिनाउ, रोहिणी र दानव नदिमा आएको बाढी खेतमा पसेपछि नदी आसपासका क्षेत्रहरुमा क्षती भएको हो । ३ दिन देखि लगातार परेको पानी सोमबार मध्यान्नबाट भने रोकिएको छ ।

चुरे क्षेत्रबाट ठूलो बहाव भएर आउने खहरे खोलाहरुले बर्षेनी रुपन्देहीमा ठूलो क्षति पुर्याउँदै आएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  १२ : २५ बजे