८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रोनाल्डोमाथि पाँच खेलको प्रतिबन्ध



३१ साउन ।
रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि पाँच खेलको प्रतिबन्ध लागेको छ । स्पेनिस सुपर कप फुटबलको पहिलो लेग अन्तर्गत आइतबार राति भएको बार्सिलोनासँगको खेलमा दोहोरो पहेँलो कार्ड खाँदै रोनाल्डो मैदानबाट बाहिरिएका थिए । दोहोरो पहेँलो कार्डका कारण रोनाल्डोमाथि स्वतः एक खेलको प्रतिबन्ध लागेको हो । यस्तै मैदानबाट बाहिरिने क्रममा रेफ्री रिकार्डो डि बुर्गोसलाई धकेलेकाले रोनाल्डोमाथि थप चार खेलको प्रतिबन्ध लागेको हो । रोनाल्डोले गोल गरेर त्यसको सेलिब्रेसनका लागि जर्सी फुकालेकाले पहिलो पहेँलो कार्ड पाएका थिए ।
एल क्लासिको रियल मड्रिडसँग र्हायो बार्सिलोना
त्यसको केही मिनेटपछि स्यामुएल उमटिटीसँगको ट्याकलका लागि उनले दोस्रो पहेँलो कार्ड पाएका थिए । ३२ वर्षका रोनाल्डोले आउँदो बुधबार हुने दोस्रो लेग गुमाउने छन् । थप चार खेलको प्रतिबन्ध विरुद्ध उनले अपिल गर्न पाउने छन् । अपिलका लागि १० दिनको समय बाँकी छ । रोनाल्डोको अपिल खारेज भएमा उनले स्पेनिस ला लिगा तथा अरु घरेलु प्रतिस्पर्धाका चार खेल गुमाउने छन् ।
रोनाल्डोलाई रेड कार्ड
तर उनले च्याम्पियन्स लिगका खेल भने खेल्न पाउने छन् । प्रतिबन्ध कार्यान्वयन भएमा रोनाल्डो सेप्टेम्बर २० मा रियल बेटिससँगको खेलमा मात्रै मैदानमा हुनेछन् । प्रतिबन्ध कार्यान्वयन भएमा रोनाल्डोले ला लिगाको नयाँ सिजनका चार खेल गुमाउने पर्नेछ । उनले डिप्रोटिभो ला कोरुना, भ्यालेन्सिया, लेभान्टे र रियल सोसिडाडसँगको खेल गुमाउने सम्भावना छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  १ : ४१ बजे