४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

सभामुख घर्तिद्धारा लुम्बिनीको विकास प्रति चासो व्यक्त



लुम्बिनी, ३१ साउन ।
महामानव बुद्ध जन्म स्थल लुम्बिनीको चौतर्फी बिकास प्रति सभामुखले चासो व्यक्त गर्नुभएको छ । सभामुख ओमसरी घर्ती पहिलो पटक लुम्बिनी आई लुम्बिनीको अवलोकनको क्रममा बुद्धजन्म थलो लुम्बिनी बिकास प्रति चासो ब्यक्त गर्नुभएको हो ।
सभामुख घर्तीले लुम्बिनीको बिकास सँगै देशको आर्थिक क्रान्तिको सम्भावनालाई मध्यनजर राखी धार्मिक तथा आध्यात्मिक पर्यटकीय गंतब्य स्थलको रुपमा बिकास गर्न आफूले संसद मै ध्यानाकर्षण गराउने बताउनुभयो ।
उहाले बुद्धजन्म स्थल लुम्बिनीलाई केन्द्र बिन्दुमै राखी बहस समेत चल्न थालेको हुँदा यसै अर्थिक बर्षमा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई उच्च कोटि मै राखी प्रचण्ड नेतृत्व सरकारले बढी बजेट बिनीयोजन समेत गरेको बताउनुभयो ।
यसैगरि सभामुख घर्तीले मायादेबी मन्दिर, अखण्ड शान्तिद्वीप, कपिलबस्तुको तिलौराकोट लगायत बौद्ध बिहारहरुको अवलोकन गर्नुभयो । सभामुख घर्तीलाई लुम्बिनी बिकास कोषका सुचना अधिकृत राजन बस्नेतले ऐतिहसिक, पूरातात्विक महत्वबारे जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  २ : ०९ बजे