१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ग्रामिण विकास बैंकको मुनाफा २५ करोड ८६ लाख



बुटवल, ३२ साउन ।
नेपाल ग्रामीण विकास बैंक लिमिटेडले गत आवमा २५ करोड ८६ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकको अधिकृत पुजी १ अर्ब, जारी पुँजी ६५ करोड ५० लाख र चुक्ता पुँजी ५५ करोड ७५ लाख रहेको छ ।

कर्जा प्रबाहतर्फ ७ अर्व ७२ करोड र बचततर्फ २ अर्व २६ करोड रकम निक्षेप संकलन गर्न सफल भएको छ । गत वर्षको तुलनामा वाँकी कर्जा २०.४१ प्रतिशत, वचत परिचालन २४.०७ प्रतिशत, ऋणि संख्यामा २.२० प्रतिशतले बृद्धि भएको छ ।

गत आर्थिक बर्षमा कर्मचारी खर्च शिर्षकमा ५७.८० प्रतिशतले बृद्धि भएको कारणले गर्दा अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा घट्न गएको बैंकले जनाएको छ । मुलुकभर ५३ जिल्लामा १ सय ९२ कार्यालय रहेको बैंकले शेयर सदस्य संख्या २ लाख १० हजार पुराएको छ ।

ऋणिको संख्या १ लाख ३५ हजार पुगेको छ । तत्कालिन पाच विकास क्षेत्रमा स्थापना भएका साविकका पाच ग्रामीण विकास बैंकहरु मर्ज भई वि.सं.२०७१ श्रावण ३० गते नेपाल ग्रामीण विकास बैंकको स्थापना भएको हो । बैंकका बुटवलमा केन्द्रिय कार्यालय छ ।

 

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  ३ : ४४ बजे