१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

केपि ओलीको गृह जिल्लाको जिससमा पनि एमाले विजयी



झापा, ३२ साउन ।
जिल्ला समन्वय समिति झापामा नेकपा एमालेको प्यानलै निर्वा्चित भएको छ । प्रमुखमा सोमनाथ पोर्तेल चयन र उपप्रमुखमा मिना पराजुली चुनिनुभएको छ ।
पोर्तेल पार्टीका प्रदेश कमिटी सदस्य एवम् भातृ संगठन नेपाल उत्पीडित जातीय समाजका केन्द्रीय अनुशासन विभागका संयोजक हुनुहुन्थ्यो । साथै, उपप्रमुख पराजुली अनेमसंघ भद्रपुरकी अध्यक्ष हुनुहुन्छ ।
यसैबीच, मंगलबार प्रमुख निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले नवनिर्वा्चित सभापति सोमनाथ पोर्तेल र उपसभापति मिना पराजुलीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।
आफूले सपथ लिएपछि सभापति पोर्तेलले अन्य सदस्यहरुलाई सपथ गराएर कार्यकक्षमा पदभार ग्रहण गर्नुभएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  ३ : ५२ बजे