१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गजेहडामा सुशासन तथा महिला अधिकार तालिम



सरिता थारु, कपिलवस्तु, १ भाद्र ।
महिला शक्ति विकास केन्द्रको आयोजनामा सन्चालित ३ दिने नागरिक शिक्षा सुशासन तथा महिला अधिकार तालिम बिहीबार गजेहडामा सम्पन्न भएको छ । तालिममा मानव अधिकार, महिलाहरुका अवसर चुनौति, राज्य संरचना, जनवकालत तथा संविधान बारेमा प्ररिक्षण दिइएको थियो ।
महिला शक्ति विकास केन्द्रका क्षेत्रिय संयोजक जानकी चौधरी, कोर लिडर रिना चौधरी तथा सावित्रा थारुले प्रशिक्षण दिनु भएको थियो ।
तालिममा साविक गजेहडा गाविसका सबै वडाका गरि ३० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सिकेका कुराहरु आफुहरु व्यवहारमा लागु गर्ने र छिमेकि महिलाहरुलाई समेत सिकाउने बताएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ३ : २२ बजे