४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

दुई दशक देखि पत्रकारितामा संलग्न विकास बञ्जाडे खुल्ला केन्द्रिय सदस्यमा उठ्ने



मायादेवी अनलाइन, कपिलवस्तु, २ भाद्र ।
कपिलवस्तुमा विगत दुई दशक देखि पत्रकारिता गर्दै आउनुभएका विकास बञ्जाडे महासंघको खुल्ला केन्द्रिय सदस्यमा उठ्नुहुने भएको छ । प्रेस चौतारीबाट पत्रकार वञ्जाडे खुल्ला सदस्यमा उठ्नु हुने भएको हो ।
कान्तिपुर टेलिभिजनका कपिलवस्तु संवाददाता रहनुभएका बञ्जाडे संग आधा दर्जन बढी स्थानीय सञ्चार माध्यममा काम गरेको अनुभव छ । प्रेस चौतारीका पुर्व केन्द्रिय सदस्य रहनुभएका बञ्जाडेलाई यस पटक प्रेस चौतारीले केन्द्रिय सदस्यको टिकट दिएको हो ।
पुर्व देखि पञ्चिम सम्म आफ्नो वेग्लै पहिचान स्थापित गराउन सफल पत्रकार बञ्जाडेले नेपाल पत्रकार महासंघका प्रतिनिधि संग एक अपिल गर्दै आफु लगायत सिंगो टिमलाई जिताउन आह्वान गर्नुभएको छ ।
हाल काठमाण्डौमा रहनुभएका बञ्जाडेले मायादेवी अनलाइन संग कुराकानी गर्दै आफु श्रमजिवी पत्रकारको पेशागत हकहित स्थापितको लागि केन्द्रिय सदस्यमा उठ्न लागेको प्रतिक्रिया दिनुभयो । मोफसलमा बसि पत्रकारिता गर्ने सयौँ पत्रकारको सुख दुखमा काम गर्ने उद्देश्य बोकेर आफु खुल्ला पदको केन्द्रिय सदस्यमा उठेको भन्दै उहाले आफुलाई जिताउन आग्रह गर्नुभएको छ ।

 

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  १२ : ५१ बजे