१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

महासंघका पूर्व शाखा अध्यक्ष गिरी केन्द्रिय सदस्यमा उठ्ने



मायादेवी अनलाइन, कपिलवस्तु, २ भाद्र ।
नेपाल पत्रकार महासंघका पुर्व कपिलवस्तु शाखा अध्यक्ष बसन्त गिरी नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्यमा उठ्नु हुनेभएको छ । लोकतान्त्रिक तथा प्रगतिशिल प्यानलबाट प्रदेश नम्बर ५ को लागि पत्रकार गिरी केन्द्रिय सदस्यमा उठ्न लाग्नुभएको हो ।
उहाँ नेकपा माओबादी केन्द्र निकट प्रेस सेन्टर नेपाल संग आवद्ध हुनुहुन्छ । कपिलवस्तु दर्पण साप्ताहिकका प्रधान सम्पादक तथा गोरखापत्र राष्ट्रिय दैनिकमा कपिलवस्तुबाट रिर्पोटिङ गर्ने पत्रकार गिरी संग दर्जन बढी स्थानीय सञ्चार संस्थामा काम गरेको अनुभव छ ।
पत्रकार गिरीले आफुलाई भोट दिई जिताउन सबै संग अपिल गर्नुभएको छ । व्यवसायिक हक हितको लागि अमूल्य भोट दिई जिताउन उहाँले सबैमा आग्रह गर्नुभएको हो ।

 

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  २ : ०७ बजे