१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बालज्योतीद्धारा तीज विशेष कार्यक्रम



कपिलवस्तु २ भदौ ।
बालज्योती इंलिस बोर्डिङ स्कुल गजेहडाले पनि विद्यार्थीबिच विभिन्न प्रतियोगिताको आयोजना गरेको छ ।
शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तरगत विभिन्न प्रतियोगिता भएको हो । जसअनुसार कक्षा नर्सरी देखी युकेजी सम्म गायन प्रतियोगिता सम्पन्न भएको छ ।
जसमा नर्सरी तर्फ सलिना थारु प्रथम, नारायण अधिकारी द्धितिय र सिम्रन थारु तृतिय भएका छन् । यस्तै कक्षा एलकेजीमा उत्सव पाण्डे प्रथम, खुसीमा थापा द्धितिय र दिप थापा तृतिय भएका छन् ।
यस्तै युकेजीमा वर्षा खत्री प्रथम, प्रशन्न सुवेदी द्धितिय र कुसुम गोतामे तृतिय भएका छन् । यसैगरी कक्षा १ देखी ५ सम्म हस्तलेखन प्रतियोगिता भएको छ । यसैगरी कक्षा ६ देखी १० सम्म तिजगीत प्रतियोगिता आयोजना गरिएको थियो ।
जसमा कक्षा ९ का विद्यार्थी प्रथम र कक्षा ८ का विद्यार्थी द्धितिय भएका थिए । प्रतियोगितामा निणार्यकको भुमिका शिक्षिका अस्मीता , शिक्षक नवराज र सालिकरामले निर्वाह गर्नु भएको कोपिला सापकोटाले बताउनु भएको छ ।
कार्यक्रम विद्यालयका प्राचार्य सवेन्द्रदेव खनालको अध्यक्षता विद्यार्थी विकास थापाको सञ्चालनमा भएको हो ।

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  २ : ०८ बजे