६ असार २०८३, शनिबार | Sat Jun 20 2026

एमाले अखिल राहत बोकेर तराई



काठमाण्डौं, २ भदौ ।
नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियु केन्द्रीय कमिटी राहत बोकेर तराई झरेको छ । अबिरल बर्षापछि आएको बाढीपछि डुवानमा परेक बाढीपीडितका लागि राहत सामाग्री र स्वास्थ्य शिविर लिएर अनेरास्ववियु सिरहा पुगेको हो ।

विगतमा पनि बाढीपहिरो पीडितहरुका लागि राहत लिएर सप्तरी, रामेछापलगायतका जिल्ला पुगेको अनेरास्ववियु यो पटक सिरहा पुगको हो ।

अनेरास्वविुकी अध्यक्ष नविना लामासहित उपाध्यक्ष रश्मि आचार्य, शैलेस लामा, महेश वर्तौला, सुनिता बराल, महासचिव ऐन महरलगायतको टोली सिरहा पुगेर त्रिपाल, टर्चलाईट, दाल, चामल, नुन, चिउरा, चाउचाउ, विस्कुट लगायतका खाद्यान्न एवं अत्यावश्यक राहतका सामाग्री वितरण गरको हो ।

अनेरास्ववियुको टोलीले सिराहका कल्याणपुर, कर्जनहा, बस्वीट्टा, कमलाखोलाको कटान लगायतका क्षेत्रका करिब ९०० घर–परिवारलाई राहत सामाग्री वितरण गरेको हो । यसैगरी अनेरास्ववियुले अति प्रभावित दुई गाउँमा डक्टरसहितको टोलीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

अहिलेसम्म सिराहाको २ स्थानमा गरी करिब ४५० जनाको स्वास्थ्य परिक्षण गरिसकेको अनेरास्ववियु अध्यक्ष लामाले जानकारी दिनुभएको छ । अनेरास्ववियुले उपत्यका र अन्य जिल्लामा विभिन्न क्याम्पसमा क्याम्पसका विद्यार्थीहरुसँगस–थोरै थोरै संख्यामा उक्त राहत सामाग्री संकलित गरेको थियो । नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठन भने अहिलेसम्म तराई झरेका छैनन् ।

प्रकाशित मिति : २ भदौ २०७४ शुक्रबार ००:००  ३ : ३९ बजे