१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ओदारी युवा क्लबको खुल्ला तिज गित प्रतियोगिता



कृष्ण भुषाल, कपिलवस्तु, ३ भाद्र ।

कपिलवस्तु वानपा–११ मा रहेको ओदारी युवा समुहले पनि खुल्ला तिज गित प्रतियोगिता राखेको छ । गाउँघरका प्रतिभा प्रस्फुटन गर्दै कला संस्कृतिको संरक्षणको लागि युवा समुहले खुल्ला तीज गीत प्रतियोगीता राखेको हो ।

प्रतियोगितामा १२ वटा समुहले सहभागीता जनाएको युवा समुहले जनाएको छ । जसमा जन हथौशा लिटिल स्टार बोर्डिङ् स्कुल ओदारी प्रथम, स्मृति युवा क्लब ओदारी द्धितिय, स्काईलार्क बोर्डिङ् स्कुल ओदारी तृतिय र कल्याण आमा समुह भडसडुवा सान्त्वना स्थान आउन सफल भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले तीज गीतको महत्व बढ्दै गएको बताउनुभयो । समाज बसोबास गर्ने हरेक जाती विच संस्कृति आदानप्रदान हुनु राम्रो काम भएको उहाँले जनाउनुभयो ।

यस्तै वडा नम्बर ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले आज भोली तराईमा पनि तीजको रौनकता थपिदै जानु खुसीको कुरा भएको बताउनुभयो । बर्षमा एक दिन आउने तीजले नेपाली चेलीको बेदनामा बुज्न सफल हुनुले पनि यसको महत्व ज्यादा रहेको अध्यक्ष अर्यालले जनाउनुभयो ।

ओदारी युवा समुहका संयोजक सुवास भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन संगिता पाण्डेले गर्नुभएको थियो । ओदारीमा अवस्थित आयुष हार्डवयरको मुख्य प्रायोजनमा भएको उक्त कार्यक्रममा सयौ जनाको उपस्थित रहेको बताइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७४ शनिबार ००:००  १ : ४६ बजे