१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सिद्धार्थ क्याम्पस बुङ्चीको तीज विशेष कार्यक्रम



हरी घिमिरे, कपिलवस्तु, ३ भाद्र ।

कपिलवस्तु वाणगंगा – बुङ्चीमा अवस्थित सिद्धार्थ क्याम्पसको स्ववियुले तिज गीत प्रतियोगिता राखेको छ । नेपाली कला, संस्कृतिको संरक्षणको लागि प्रतियोगीता आयोजना गरिएको सिद्धार्थ क्याम्पस स्ववियुकी कोषाध्यक्ष तथा कार्यक्रम संयोजक रुपा कुमारी बुढाले जानकारी दिनुभएको छ । प्रतियोगितामा क्याम्पसकै कक्षा ११ र कक्षा १२ का गरी ५ समुहले सहभागीता जनाएका थिए ।
जस मध्ये कक्षा १२ का पाचौँ समुह प्रथम, चौथो समुह द्धितिय र दोस्रो समुह तृतिय भएको बताइएको छ । त्यसैगरी सोहि कार्यक्रममा कक्षा ११ मा नयाँ भर्ना भएका बिद्यार्थीहरुलाई पनि स्वागत गरीएको स्ववियु सभापति शुसील खत्रीले बताउनुभएकोछ ।

कार्यक्रममा क्याम्पस प्रमुख बालाराम ज्ञवालिले बोल्दै स्ववियुले गरेको काम राम्रो भएको बताउनुभयो । विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटनको लागि कार्यक्रमले भुमिका खेलेको भन्दै स्ववियुलाई धन्यवाद दिनुभयो ।

सोहि कार्यक्रममा राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष थानेश्वर घिमिरे, लोक तथा दोहोरी गायक विमल गैरे, डान्सर सुमन पौडे लगायतको उपस्थिती रहेको थियो ।

स्ववियु कोषाध्यक्ष रुपा कुमारी बुढाको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन स्ववियु सचिव दिनेश चौधरी र प्रकाश क्षेत्रिले गर्नुभएको बताइएकोछ ।

प्रकाशित मिति : ३ भाद्र २०७४ शनिबार ००:००  १ : ५२ बजे