१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

तौलिहवा– बहादुरगंज हुलाकी सडकखण्ड विजोग !



मायादेवी अनलाइन, कपिलवस्तु, ३ भदौ ।
निर्माण भएको ६ दशक नाघी सक्दा पनि तौलिहवा– बहादुरगंज सडकको स्तरउन्नती अझै हुन सकेको छैन् । राणा पञ्चायत, बहुदल हुदै मुलुक गणतन्त्रमा आइसके पनि यो सडकखण्ड जस्ताको त्यस्तै छ । राणाकालमा बनेको तौहिलवा– बहादुरगंज सडक अझै सम्म पक्की हुन नसकेको हो ।
राणाकालका तत्कालीन बडा हाकिम कुन्ज बिहारीको पालामा सडक बनेको थियो । २१ किलोमिटरको रहेको यो सडक खण्डको बाटो झन जर्जर बनेको छ । अझ अहिले बर्षाले गर्दा ठाउँ ठाउमा ठुल्ठुला खाल्डा खुल्टी बनेका छन । ठाउ ठाउमा खाल्डा खुल्टी र हिलो बाटोले गर्दा यात्रुहरु यो बाटोमा जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।
कहिले नेपाल सरकार त कहिले भारतीय सरकारको लगानीमा उक्त बाटो निर्माण हुने हरेक बर्ष चर्चा चलेर सेलाउने गरेको छ । बाटोको बिचमा पर्ने बर्गदीघाटको पुल समेत निर्माण भई संचालनमा आई सकेको छ । बाटोमा अझ चाप बढको छ । २१ कि.मी लामो उक्त बाटो दाया बाया १५÷१५ मिटर चौडा रहेको छ । ७÷८ वर्ष अघि ग्राबेल भएको सडक ठाउ–ठाउमा भासिएर दबेको छ ।
बाटो यहासम्म बिग्रीएको छ कि साइकल र पैदलयात्रु सम्मलाई हिड्न मुस्किल पर्छ । सामान्य पानी पर्दा सडक हिलाम्य हुन्छ भने घाम लागेको बेला धुलोले गर्दा बाटोमा हिड्नै मुस्किल पर्छ । बाटो धेरै खराब भएकाले हिड्डुल गर्न समस्या परेको सर्वसाधारणले गुनासो गर्दछन् ।
उक्त बाटोको संरक्षण पश्चिमाञ्चन सडक डिभिजन कार्यालय नं. ५ ले गरिरहेको छ । बजेट अभाबमा आवश्यकता अनुसार मर्मत संभार गर्न नसकिएको सडक कार्यालयका डिई रमेश प्रसाद पौडेलले बताउनुभयो । दशै पछि फेरी बाटोका मर्मत गरिने उहाले बताउनुभयो । जिल्ला समन्वय समितिले सडकको दायित्व भएको भन्दै पन्छिने गरेको छ । सडक कार्यालय पनि विभाग अन्तर्गत रहेको हुलाकी आयोजनाले काम गर्ने भन्दै चासो दिएको पाईदैन् ।

 

प्रकाशित मिति : ३ भाद्र २०७४ शनिबार ००:००  ३ : १३ बजे