११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

झाडापखलाको महामारीबाट कपिलवस्तुमा २ जनाको मृत्यु, १ सय ५० जना विरामी



अंकुश श्रीवास्तव,  कपिलवस्तु, भाद्र ३ ।
कपिलवस्तुमा झाडा पखलाको महामारीबाट दुई जनाको मृत्युभएको छ भने डेढ सय बढी बिरामी भएका छन । जिल्लाको महराजगंज नगरपालिका वडा नं. ७ का सत्भरा र गघौंडी गाउंमा झाडापखलाको कारणबाट शनिबार दुई जनाको ज्यान गएको हो ।
झाडापखालाबाट मृत्यु हुनेमा स्थानीय गघौंडी गाउँका जमुना चमारकी श्रीमती बर्ष ३५ कि शान्तिदेवी चमार र सत्भरा गाउँका चैतराम रैदासका ८ बर्षीय छोरा तारेस रैदास रहेको स्थानीयबासीले बताएका छन् ।
दुईदिन देखि अघि अचानक शुरु भएको झाडापखाला र बान्ताले उनिहरुको ज्यान गएको शिवराज अस्पतालका मेडिकल सुपरिटेण्डेन राहुल झांले जानकारी दिनुभएको छ ।
उक्त स्थानका कुसहवा हेल्थ पोष्टका ईन्चार्ज जयनारायण पण्डितका अनुसार अहिले सम्म लगभग १ सय ५० जना झाडा पखालको उपचार भईरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७४ शनिबार ००:००  १२ : १२ बजे