१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नयाँ कृषि अभियान कृषि सहकारी कपिलवस्तु प्रथम अधिवेशन



कोपिला पोख्रेल, कपिलवस्तु ३ भाद्र ।
नयाँ कृषि अभियान कृषि सहकारी संस्था जिल्ला शाखा कपिलवस्तुको दोस्रो साधारणसभा तथा प्रथम अधिबेशन शनिबार सिद्धार्थ क्याम्पस बुङ्चीमा सम्पन्न भएको छ । कार्यक्रममा सहकारीले गरेको आर्थिक वर्ष २०७३।७४ को प्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन, आगामी निती तथा कार्यक्रम छलफल पछि पारित गरिएको थियो ।
सोही कार्यक्रमबाट बोल्दै नेकपा एमाले जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले सहकारीको माध्यमबाट आर्थिक संबृद्धि गरि जिबन स्तर उकास्न मद्यत गर्ने कुरा बताउँदै यसका लागि व्यवसायिक कृषि प्रणालीमा लाग्न सम्पुर्णमा आग्रह गर्नुभएको थियो ।
उक्त कार्यक्रममा केन्द्रिय स्कुल बिभाग सदस्य बिमला घिमिरे, नेकपा एमाले प्रदेश नं ५ का सदस्य कृष्ण पौडेल, नेकपा एमाले जिल्ला पार्टि सचिव बाबुराम आचार्य, युवा नेता विष्णु पन्थि, जिल्ला सहकारी बिभाग प्रमुख डम्बर शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रथम अधिबेशनबाट १३ सदस्यिय नया समिति गठन गरिएको छ । जसको अध्यक्षमा राजेन्द्र सुबेदी उपाध्यक्ष गंगा भट्राई, सचिव सन्तोष घिमिरे, कोषाध्यक्ष हुमा अधिकारी, लगायत सदस्यहरुमा भोजराज खनाल, सालिकराम पौडेल, मोतिलाल शाही, गिताराम घिमिरे, लेखनाथ घिमिरे, शिबप्रसाद पाण्डे, युवराज पोख्रेल, युद्धध्वज जिसि चयन हुनुभएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष ताराजन घिमिरेको अध्यक्षता, उपाध्यक्ष रुकमागत पन्थको स्वागत एवम सस्थाका सचिव प्रभात बिक्रम क्षेत्रीको संचालनमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७४ शनिबार ००:००  २ : ४४ बजे