१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मोतीजयन्तिको अबसरमा शिवगढी साहित्य संगमको तीज विशेष कार्यक्रम



हरि आचार्य, कपिलवस्तु, ३ भदौ ।
१०१ औँ मोती जयन्तिको अबसर पारि शिवगढी साहित्य संगम नेपाल कपिलबस्तुले विविध तीज विशेष तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । वि.स. १९२३ साल भदौ २५ गते जन्मिनुभएका मोतिराम भट्टको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
लामो समय बनारस बस्नुभएका भट्ट आफुसगैँ अरुलाई पनि साहित्यिक तथा रचनात्मक क्षेत्रमा अग्रसर गराउनुहुन्थ्यो । कार्यक्रममा बोल्ने बक्ताहरुले साहित्यकार भट्टले साहित्यिक क्षेत्रमा गरेका योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै शिवराज नगरपालिका वडा नं. १ का वडाध्यक्ष जगत बहादुर जिसिले संगमले धेरै पहिलेका साहित्कारहरुको सम्झनामा कार्यक्रम आयोजना गर्दै आईरहेको र समाजमा लुकेर रहेका रचनाहरुलाई बाहिर प्रस्फुटन गर्न सहयोग पु¥याएकोमा सगंमलाई धन्यवाद दिदैँ आफुले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा नेपाल आदर्श बहुमुखि क्याम्पसका विद्यालय ब्यबस्थापन समिति अध्यक्ष भवनराज पौडेल, योग तथा साहित्यकार पुनाराम गिरी, नेपाल आदर्श बहुमुखि क्याम्पसका प्रधानाध्यापक नवराज पाण्डे, श्रीजनशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुशिला खनाल, शिवगढि ईङ्लिस बोर्डिङ् स्कुलका प्रधानाध्यापक तोयनाथ गैरे लगायतले मन्तब्य राख्दै सगंमको प्रगतिको कामना गर्नुभएको थियो ।
कार्यक्रममा मिरा ढकाल, मधु आचार्य, सुजिता उपाध्याय, सरिता सुवेदी, सरिता खनाल, अबिलाल बि.क. लगायतले आ—आफ्नो रचना बाचन गर्नुभएको थियो ।
शिवगढि साहित्य सगमंका अध्यक्ष अर्जुन शर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सगंमका उपाध्यक्ष श्रीधर आचार्यको स्वागत मन्तब्य तथा सगंमका सचिव हेमराज शर्माको सञ्चालन रहेको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७४ शनिबार ००:००  २ : ५० बजे