१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

लुम्बिनि ट्रेक्टर कर्मचारी सघंमा राजेन्द्र अर्याल



जितपुर (कपिलवस्तु), ४ भदौ ।
ट्रेक्टरसंग आवद्ध भई काम गर्ने कर्मचारी तथा ब्यवसायीहरुको हकहितका क्षेत्रमा काम गर्नका लागि लुम्बिनि ट्रेक्टर कर्मचारी सघं गठन भएको छ ।
कपिलवस्तुको बाणगंगा चार नम्बर जितपुरमा एक कार्यक्रमको आयोजना गरी राजेन्द्र अर्यालको संयोजकत्वमा ७ सदस्यिय नयाँ कार्य समिति गठन भएको हो ।
जसको उपसंयोजकमा रामु घिमिरे, सदस्यहरुमा मनीराम चौधरी, भुपाल कुर्मी, बिष्णु भुर्तेल, गोबिन्द ढुङगाना र छविलाल पन्त रहेका छन ।
यस बिषयमा आबद्ध कर्मचारीहरुको पारिश्रमिक, दुर्घटना बिमा तथा उनीहरुमा ब्यवसायीकता बढाउने उदेश्यले ट्रेक्टर कर्मचारी सघं गठन गरिएको सघंका संयोजक अर्यालले बताउनुभयो ।
अवको १ महिनामा सघंको अधिवेशन गराइने समेत उहाले जानकारी दिनुभयो । कपिलवस्तु जिल्ला भित्र रहेको ट्रेक्टरसगं आवद्ध कर्मचारी एकजुट भई काम गर्ने आवश्यकता भएकालेले सघंको गठन भएको संयोजक अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  १२ : ३२ बजे