१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुमा झण्डै ३२ हजारले नामावलीमा नाम दर्ता गराए



दिपक अनुरागी, कपिलवस्तु, ४ भाद्र ।
साउन १ गते देखि शुरु भएको फोटो सहितको मतदाता नामवली संकलनमा कपिलवस्तुमा उल्लेख्य रुपले नाम दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख ज्ञानहरी घिमिरेका अनुसार शुक्रबार सम्म जिल्लामा ३१ हजार ६ सय २५ जनाले नामदर्ता गराएका छन् । यद्यपि शनिबार पनि नाम दर्ता भएपनि कार्यालयमा एकिन तथ्याङ आउन नसकेको उहाँले जनाउनुभयो ।

मतदाता नामवलीमा नाम दर्ता गराउनका लागि केहि जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएपनि अधिकांश स्थानीय तहबाटै नाम दर्ता गराएका हुन् । गत साउन १५ देखि स्थानीय तहमा नाम दर्ता गराउन थालिएको थियो ।

१० स्थानीय तह रहेको कपिलवस्तुका सबै तहमा सर्वसाधारणहरुले उल्लेख्य रुपमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नामदर्ताको समय साउन ३१ गते सकिए पनि निर्वाचन आयोगले पुन ः भाद्र ३ गते सम्म समयासिमा थप गरेको थियो । यदि कथमकदाचित नाम छुटेकाहरुले निर्वाचन आयोगले अर्को चुनावको मिति नतोक्दा सम्म जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  २ : ४० बजे