७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

संसदमा संविधान संशोधन प्रस्तावमाथि आज छलफल हुँदै



काठमाडौं, ४ भदौ ।
संविधान संशोधन प्रस्तावमाथि आइतबार संसदमा छलफल हुँदैछ । गएको बुधबार संसदमा पेश भएको संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमाथि आइतबार छलफल हुन लागेको हो । भाषा, नागरिकता, राष्ट्रियसभा, सिमाङ्कन लगायत विषयमा संशोधन प्रस्ताव गरिएको छ ।
संशोधनकर्ता सांसदले बोलेपछि संशोधन प्रस्तावमाथिको मतदान भने सोमबार मात्र हुने भएको छ । प्रचण्ड सरकारले दोस्रो पटक ल्याएको संशोधन प्रस्ताव दर्ता गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गएको मंसिरमा प्रदेशको सिमांकन हेरफेर गर्नेसहितको संविधान संशोधन प्रस्ताव ल्याएपछि एमालेले सदन तथा सडकबाट विरोध शुरु गरेको थियो ।
कांग्रेस र माओवादी केन्द्रकै सांसद विरोधमा उत्रेपछि सरकारले संशोधन प्रस्ताव फिर्ता लिँदै गएको २९ चैतमा नयाँ संशोधन प्रस्ताव संसदमा दर्ता गरेको हो । प्रमुख प्रतिपक्षी दल एमाले संशोधन प्रस्तावलाई संसदबाट प्रक्रियागत रुपमा टुंगो लगाउन सकारात्मक भएपछि सरकारले प्रस्ताव अघि बढाएको हो । मधेस केन्द्रित दल राजपाले समेत प्रस्ताव पास वा फेल जे भएपनि संसदीय प्रक्रियाबाट टुंगो लगाउन सहमत भएको छ ।
संविधान संशोधनका लागि ३ सय ९५ मत आवश्यक भएपनि कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रि, राष्ट्रिय जनता पार्टी, संघीय फोरम लगायत दलका ३ सय ७३ मत प्रस्तावको पक्षमा देखिएको छ भने २२० मत विपक्षमा देखिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  ५ : ३५ बजे