३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

धुर्कोटको बजेट २८ करोड ३५ लाख



शिवलाल सुवेदी, गुल्मी ४ भदौ ।
गुल्मि जिल्लाको धुर्कोट गाउँपालिकाको वजेट २८ करोड ३५ लाखको वजेट पास भएको छ । गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले प्रथम गाउँसभामा आर्थिक बर्ष २०७४÷७५ को २८ करोड ३५ लाख आठ सय ५८ रुपैयाँ बराबरको अनुमानित आर्थिक आयब्यव प्रस्तुत गरेका थिए ।
आयतर्फ गत बर्षको मौज्जात रकम ५८ लाख १३ हजार आठ सय ५८, आन्तरिक राजस्वबाट १५ लाख, सर्शत सरकारी अनुदानबाट ११ करोण ३२ लाख आठ सय ५८ र निर्शत सरकारी अनुदानबाट १६ करोड ३५ लाख ६९ हजार ८ सय ५८ रहेको छ । त्यसैगरि ब्ययतर्फ विषयगत कार्यलयको सर्शत अनुदानको लागि ११ करोड ३२ लाख ११ हजार, गाउँपालिकाको चालुखर्च तर्फ ३ करोड चालिस लाख तथा समष्टिगत पुजींगत खर्चतर्फ १३ करोड ६३ लाख ५८ हजार ८ सय ५८ रहेको छ ।
गाउँसभाले आर्थिक विकासतर्फ एक करोड ५७ लाख १६ हजार दुई सय ५०, सामाजिक विकासतर्फ चारकराड ९४ लाख, पूर्वाधार विकासतर्फ पाचँ करेड ३१ लाख २५ हजार, वातावरण तथा विपद् ब्यवस्थापनतर्फ २६ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ५६ लाख २८ हजार सात सय ५० र समपुरक कोषमा ६० लाख गरी कुल १३ करोड पाचँलाख ४५ हजार क्षेत्रगत बाँडफाड गरेको छ ।

प्रकाशित मिति : ४ भदौ २०७४ आइतबार ००:००  ११ : १० बजे