१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

संबिधान संशोधन प्रस्ताव फेल हुने निश्चित, राप्रपाले विपक्षमा मतदान गर्ने



काठमाडौं, भदौ ४ ।

राष्ट्रिय जनता पार्टी राप्रपाले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । हेटौंडामा बसेको कमल थापा नेतृत्वको राप्रपाले संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

संशोधन प्रस्तावले मधेसको समस्या समाधान गर्न नसक्ने, तथा हिन्दु राष्ट्रबारे आफूहरुले राखेको संशोधन अघि नबढाएको भन्दै राप्रपाले संशोधन विधेयकको विपक्षमा बस्ने निर्णय गरेको हो । राप्रपाले सरकारमा पनि सहभागी नहुने पनि स्पष्ट पारेको छ ।

संसदमा संविधान संशोधन विधेयकमाथि दफावार छलफल चलिरहेको छ । सोमबार निर्णयार्थ पेश गर्ने तयारी छ । तर, राप्रपाले समर्थन फिर्ता लिएपछि विधेयकको पक्षमा दुई तिहाई बहुमत नपुग्ने भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  ११ : २१ बजे