७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नयाँ शक्तिमा पुगेका रामचन्द्र झा पुनः माओवादी केन्द्रमा फर्किए



काठमाडौं, ४ भदौ ।
नयाँ शक्तिमा पुगेर पनि पार्टीले गलत्याए पछि पार्टी विहिन बन्न पुगेका रामचन्द्र झा पुन ः नेकपा (माओबादी केन्द्र) मा फर्किएका छन् । पूर्व एमाले नेता समेत रहेका झा माओबादी, नयाँ शक्ति हुँदै पुन माओबादीमा फर्किएका हुन् ।

झा संगै नेता रामकुमार शर्मा सहितका नेताहरु पनि नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेताहरुले नयाँ शक्ति र नेकपाबाट आएका नेताहरुलाई स्वागत गर्नुभएको थियो ।

झा र शर्मासँगै ब्रिजकिशोर यादव, कलामुद्दिन रायन, महेन्द्र केसी ‘पारसमणि’ लगायतका नेताहरु माओवादी प्रवेश गरेका छन् । ‘पारसमणि’ भने विप्लव समूहबाट आएका हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  १२ : २० बजे