२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

उच्च माध्यमिक सघं कपिलवस्तुले शुल्क घटायो



अशोक पौडेल, जितपुर, ५ भदौ ।
उच्च माध्यमिक सघं कपिलवस्तुले बढाएको शुल्क घटाएको छ । उच्च माध्यमिक तहमा शुल्क नघटेपछि बिद्यार्थी आन्दोलित भएका थिए । संयुतm बिद्यार्थी सगंठन र उच्च माध्यमिक सघंबिच भएको वार्तापछि शुल्क घटाउने सर्तमा आन्दोलन फिर्ता भएको छ । जसमा भर्ना शुल्क तर्फ ८ सयमा रु.४ सय र मासिक शुल्क तर्फ रु. १७० मा ३० रुपैया घटाएको नेपाल बिद्यार्थी सघंका जिल्ला उपसभापति शंकर प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

साथै उहाले आन्दोलनमा सहयोग गर्ने बिद्यार्थीहरुलाई धन्यवाद दिनुभएको छ । वार्तामा उच्च माबि सघं कपिलवस्तुको तर्फबाट अध्यक्ष बालाराम ज्ञवाली, बाणगंगा उच्च माविका प्राचार्य कुलराज पौडेल, जनज्योती उच्च माविका बिष्णु भण्डारी, जनता उच्च माविका रमेश पन्थीको सहभागीता रहेको थियो ।

बिद्यार्थी सगंठनबाट नेपाल बिद्यार्थी सघंका जिल्ला उपसभापति शंकर प्रसाद न्यौपाने, सिद्धार्थ क्याम्पस स्वबियु सभापति शुसील खत्री, बाणगंगा बहुमुखी क्याम्पसका स्वबियु सभापति माधव पौडेल, बिद्यार्थी नेताहरु मिन थापा, रुपा कुमारी बुढा लगायतको सहभागीता रहेको थियो । १५ दिन देखि शुल्क घटाउने भन्दै बिद्यार्थीहरु आन्दोलनमा उत्रीएका थिए । यस अघि स्नातक तहको शुल्क बढाएको पब्लिक सघंले बिद्यार्थीको आन्दोलनपछि शुल्क घटाएको थियो ।

 

प्रकाशित मिति : ५ भदौ २०७४ सोमबार ००:००  ३ : ४१ बजे