१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

संविधान संशोधन प्रस्तावमा आज मतदान, पारित होला !



काठमाडौं, ५ भदौ । 
संविधान संशोधन प्रस्तावमाथि संसदमा सोमबार मतदान हुँदैछ । तर संशोधन प्रस्ताव पारित हुने सम्भावना निकै कम छ ।
प्रस्ताव पारित हुन संसदमा रहेको ५ सय ९२ सांसदको दुई तिहाई अर्थात ३ सय ९५ सांसदको समर्थन आवश्यक पर्ने भएपनि सत्तारुढ दलहरुसँग ३ सय ७३ मत मात्र छ । संसोधन प्रस्तावको पक्षमा दुईतिहाई र्पुयाउन थप २२ सांसद अपुग देखिएको छ ।
१४ सांसद रहेको कमल थापा नेतृत्वको राप्रपाले संशोधन प्रस्तावको विपक्षमा उभिने आइतबार नै निर्णय गरिसकेको छ । संविधान संशोधनको माग गर्दै आएको राष्ट्रिय जनता पार्टीले प्रस्ताव पास वा फेल जे भएपनि संसदीय प्रक्रियाबाट आएको नतिजा स्वीकार्ने सहमति जनाइसकेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  ३ : ५५ बजे