१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कांग्रेसलाई धक्का – तरुणदल अध्यक्ष सहित एमाले प्रवेश



काठमाडौं, ५ भदौ ।
सत्तारुढ नेपाली कांग्रेसका महासमिति सदस्य तथा तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामा एमाले प्रवेश गर्नुभएको छ । एमाले मुख्यालय धुम्बाराहीमा सोमबार बिहान आयोजित कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले लामा सहितको टोलीलाई एमालेमा स्वागत गर्नुभएको हो ।
सिन्धुपाल्चोकको कांग्रेस राजनीतिमा प्रभावशाली मानिएका लामा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतपछि कांग्रेस भित्र शक्तिसाली मानिनुहुन्छ । लामासँगै साविक तातोपानी गाविसका पूर्व अध्यक्ष तथा कांग्रेस नेता अमृत खड्का, हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष विष्णु श्रेष्ठ र तरुणदल सिन्धुपाल्चोकका सदस्य श्याम शेर्पा पनि सोमबारै एमाले प्रवेश गर्नुभयो ।

लामाले कांग्रेस भित्र आन्तरिक प्रजातन्त्र नभएको र अन्यायपूर्ण ब्यवहार भएकाले एमाले प्रवेश गरेको वताउनुभयो । उहाँले राष्ट्रिय राजनीतिमा एमालेले लिएका नीति देशका लागि उपयुक्त भएको पनि वताउनुभयो । उहाँहरुलाई स्वागत गर्दै वरिष्ठ नेता नेपालले एमालेको नेतृत्वमा मात्रै राष्ट्रियताको प्रवद्र्धन, लोकतन्त्रको सुदृढिकरण र आर्थिक विकास सम्भव हुने वताउनुभयो ।

 

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  १० : ५६ बजे