२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

वाणगंगा सामुदायिक पुस्तकालयले मोती जयन्ति मनायो



कोपिला पोख्रेल, कपिलवस्तु, ६ भाद्र ।
बाणगंगा सामुदायिक पुस्तकालय ४ नम्बरमा युवा कबि मोतिराम भट्टको जन्मजयन्ती मनाइएको छ । कार्यक्रममा मोतिराम भट्टको जिवनीका बारेमा बाणगगंगा पुस्तकालयका बरिष्ठ सल्लाहकार तथा छन्दबादी समाज नेपालका प्रदेश नम्बर ५ का अध्यक्ष ऋषिकेशब भारद्धाजले उल्लेख गर्नुका साथै “मोति आँहा चम्कियो ” शिर्षकमा कबिता बाचन समेत गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष दिलिप कार्कीको अध्यक्षता, संस्थाका बरिष्ठ सल्लाहकार एवम ईलाका प्रशासन कार्यलय बाणगंगाका प्रमुख विष्णु बहादुर घर्ती भनभनेलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि घर्तीले मोतिराम भट्टको महिमा बताउदै यस बाणगंगामा मोतिराम भट्ट जस्तै व्यक्तित्वको खोजि भईरहेको भन्दै मोति शिर्षकमा उत्कृष्ट कबिता बाचन गरि कार्यक्रमलाई रोचकता प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य सहित संस्थाका सदस्य जानका पन्थीले मोतिराम भट्टको कृति पिकदुतका स्लोकहरु बाचन गर्नुभएको थियो । मन्तव्य दिनेहरुमा राजनिति बिश्लेशक सामाजिक व्यक्तित्व प्रकाश पोख्रेल, साहित्यकार लोकनाथ खनाल लगायतले बोल्नु भएको थियो ।

त्यस्तै युबि शर्मा (विद्या) ले रचना बाचन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सहसचिव तथा साहित्यकार लेखनाथ घिमिरेले कबिता बाचन तथा मोतिको सम्झनामा गित प्रस्तुत गर्नुका साथै कार्यक्रमको संचालमा गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७४ मंगलबार ००:००  १२ : ३० बजे