१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

क्रान्तिकारीको २१ औँ सम्मेलन बुधबारदेखि



काठमाडौँ, ६ भदौ ।
नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को २१ औँ राष्ट्रिय सम्मेलन बुधबार सुरु हुँदैछ ।
सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसमा गर्नुहुने क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । ‘राष्ट्रियता र समावेशी शिक्षा, कार्यान्वयन पक्षमा हाम्रो अभियान, संगठन सुदृढीकरणको पक्षमा एकताको २१ आँै राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ आगामी आइतबारसम्म चल्ने सम्मेलनको सबै तयारी पूरा भइसकेको जनाइएको छ ।
सम्मेलनमा भाग दिनका लागि देशभरिका प्रतिनिधि बुधबार बिहानसम्म आइपुग्ने बताइएको छ । सम्मेलनमा आयोजक समिति ८९९ सहित कूल दुई हजार ७६ प्रतिनिधिले सहभागिता जनाउने छन् । सम्मेलनले दुई वर्षका लागि ३३ पदाधिकारीसहित २४३ केन्द्रीय कमिटी चयन गर्नेछ । अध्यक्ष न्यौपानेले सहमतिबाटै नेतृत्व चयन गर्ने र सहमति नभए मतदान प्रक्रियाबाट चयन गरिने बताउनुभयो ।
बन्द सत्र बिहीबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुनेछ । नयाँ नेतृत्वका लागि अनिल शर्मा, रामचन्द्र अधिकारी, रञ्जित तामाङ, मदन अर्याल र वीरेन्द्र बस्नेत आकांक्षी देखिनुभएको छ । क्रान्तिकारीमा करिब चार लाख विद्यार्थी आबद्ध रहेको बताइएको छ । रासस

प्रकाशित मिति : ६ भाद्र २०७४ मंगलबार ००:००  ११ : ५६ बजे