१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पत्रकार गिरी पत्रकार महासंघको केन्द्रिय सदस्यमा निर्वाचित



मायोदवी, कपिलवस्तु, ६ भाद्र ।
नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनमा प्रदेश नम्बर ५ बाट केन्द्रिय सदस्यको उम्मेद्वार बन्नुभएका पत्रकार वसन्त गिरी निर्वा्चित हुनुभएको छ । कपिलवस्तुमा विगत एक दशक देखि पत्रकारिता गर्दै आउनुभएका गिरी पत्रकार महासंघ कपिलवस्तुको पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो ।

प्रेस सेन्टर र प्रेस युनियनको संयुक्त प्यानलबाट चुनावमा उठ्नुभएका गिरीले प्रेस चौतारीका उम्मेद्वारलाई हराउनुभएको हो । यस्तै कपिलवस्तुबाटै खुल्ला केन्द्रिय सदस्यको रुपमा उठ्नुभएका विकास बञ्जाडे वियजी हुन सक्नुभएन । प्रेस चौतारीबाट चुनावमा उठ्नुभएका उहा सम्मानजनक भोट पाएर पनि विजयी हुन नसक्नुभएको हो ।

यस्तै कपिलवस्तुकै बनारसी बर्मा पनि चुनावमा विजयी हुन सक्नुभएन । उहा प्रेस चौतारीको प्यानलबाट मधेसी कोटामा केन्द्रिय सदस्यको रुपमा उठ्नुभएको थियो । प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनको कारण उहाँहरुले जित निकाल्न नसक्नुभएको हो ।

प्रेस चौतारी केहि साना संगठन संग मिलेर ठुला दुई संगठनहरु संग चुनावमा प्रतिस्पर्धा गरेको थियो । केन्द्रको पदाधिकारीमा पनि प्रेस युनियन र प्रेस सेन्टरको प्यानल नै विजयी भएको छ । यस्तै केहि केन्द्रिय सदस्यमा प्रेस चौतारीका उम्मेद्वारले जितेका छन् भने अधिकांश केन्द्रिय सदस्यहरुमा पनि प्रेस युनियन र प्रेस सेन्टर गठबन्धनका उम्मेद्वार वियजी भएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७४ मंगलबार ००:००  २ : ३२ बजे