१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022

बुद्ध रगंशालामा सेभेन ए साइड फुटवल प्रतियोगिता सुरु



अशोक पौडेल, जितपुर, ६ भाद्र ।
कपिलवस्तुको बाणगंगामा रहेको बुद्ध रगंशालामा दोस्रो जिल्ला स्तरीय सेभे ए साइड नकआउट रनीङ कप फुटवल प्रतियोगिता सुरु भएको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा भएको उतm खेलकुद प्रतियोगिता संस्थाका संस्थापक अध्यक्ष बिष्णु थापाले गरेका थिए । सो अवसरमा स्थानिय स्तरमा आयोजना गरीने यस्ता खेलखुद प्रतियोगिताले ठुलो महत्व राख्ने बताएका छन ।
साथै पुर्व अध्यक्ष पदम सेनले राष्ट्रिय एकता बलीयो बनाउने माध्यम खेलकुद क्षेत्र भएको बताएका थिए । सो अवसरमा सोसाइटीका बरिष्ठ उपाध्यक्ष खड्क बहादुर आले, महासचिव बुद्धि बहादुर रोकाहा –दिनेश) लगायतले आआफनो धारणा राखेका थिए । प्रतियोगिता भदौ १६ गतेसम्म सञ्चालन हुने आयोजक क्लवका सदस्य गणेश ढुङ्गानाले बताएका छन ।
उद्घाटन पछि भएको खेलमा उदय युवा क्लव ढोडेकोल र दर्पण युवा क्लव राजपुर बिच खेल भएको थियो । खेलमा उदय युवा क्लव ६÷४ ले बिजयी भएको छ ।
उदय युवा क्लव ढोडेकोल गत बर्षका डिफेन्डीग च्याम्पीयन समेत रहेको छ । बुधबार तौलिहवा युवा क्लव र आयोजक पहेलोबिच पहिलो खेल र जनप्रेमी युवा क्लव पिपरा र बुद्ध युनाइटेड पडेरीया बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७४ मंगलबार ००:००  २ : ४२ बजे