१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आज तीजको दर खाइदै



काठमाडौ, ७ भदौ ।
आज तीजको दरखाने दिन । तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर बुधबार राति अबेर दर खाने प्रचलन छ ।

तीजको दिन महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा मिठा परिकार खाने चलन बसेको हो । टाढा टाढा रहेका चेलीहरु आज माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्छन् ।
दर खाने दिनबाट तीज सुरु भएको मानिन्छ ।

पहिले तीजको अघिल्लो रात दरखाने गरिए पनि हिजो आज शहर बजारमा पहिले देखि नै दर खाने चलन बसेको छ । हिजोआज दर खाने प्रचलनलाई भेटघाट र रमाइलो गर्ने अवसरको रुपमा पनि लिने गरिएको छ ।

हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार बिहिबार (भोली) महिलाहरु ब्रत बस्ने गर्छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७४ बुधबार ००:००  १ : ३३ बजे