७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

साना किसान भलवाडको सम्मान



बाबुराम रायमाझी, भलवाड, ७ भाद्र ।
साना किसान कृषि सहकारी संस्था वाणगंगा ९ भलवाडले जनप्रतिनिधिलाई सम्मान गरेको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित पदाधिकारी लाई सम्मान गरेको हो ।
वडाध्यक्ष ध्रुव वेलवासे, नगर कार्यपालिका सदस्य केशरा गुरुंग, दलित महिला सदस्य राज कुमारी सुनार, सदस्य नुमलाल थारु र भिम बहादुर पुनलाई संस्थाका अध्यक्ष, कर्मचारी, लेखा समितिले टीका, प्रमाण पत्र र दोसल्ला ओढाई सम्मानित गरेको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका लेखा समितिका संयोजक बाबुराम रायमाझी, सञ्चालक समितिका सदस्य चन्द्रावती थारु, नव निर्वाचित वडाध्यक्ष ध्रुव बेल्वासे लगायतले संस्था र नगरपालिका बिच सहकार्य, समन्वय गरी संस्था आर्थिक समृद्धि तर्फ अगाडी बढ्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रम अध्यक्ष कुमार मधु वेल्वासेको अध्यक्षता उपाध्यक्ष दुर्गा प्रसाद खनालको स्वागत सञ्चालक समितिका सदस्य बिन्द्र बहादुर गुरुंग र प्रवन्धक मान कुमारी गिरीको सहजीकरणमा सम्पन्न भएको थियो ।
साथै हिन्दुहरुको महान चाड हरीतालिका तीजको अवसरमा संस्थामा कार्यरत महिला कर्मचारीहरुलाई संस्थाले दर खुवाउने कार्यक्रम पनि राखेको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७४ बुधबार ००:००  १ : ३९ बजे