१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

हर्दाैनामा वाड वाससिसि समिति गठन



सनिउल्ला धोबी, कपिलवस्तु ७ भाद्र ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकालाई सन् २०१७ सम्म खुल्ला दिसामुक्त नगरपालिका घोषणा गर्ने उद्देश्यले सञ्चालन भैरहेको सरसफाई कार्यक्रम अन्तर्रगत वाड वास समिती गठन गरीएको छ । महाराजगञ्ज नगरपालिकाको वडा नं १० हर्दाैनामा वडा स्तरिय खानेपानी सरसफाई स्वच्छता समन्वय समिति गठन गरीएको छ ।
वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरीको अध्यक्षतामा वडा स्तरिय खानेपानी सरसफाई स्वच्छता समन्वय समिति गठन गरिएको हो । महाराजगञ्ज नगरपालिका वडा नं १० का वडा सचिव इन्द्रजित धोबी सो समितिको सदस्य सचिवमा रहनुभएको छ ।
सदस्यहरुमा हर्दाैना स्वास्थ्य चौकीका इन्चार्ज धिरेन्द्र कुमार यादव, पशु सेवा कार्यालयका धनमाया आचार्य, समाजसेवी बेदी प्रसाद यादव, शत्रुघन चौधरी, शेराज मुसालमान, कृपाशंकार मौर्या लगायतका रहनुभएको छ ।
पश्चिम नेपाल ग्रमीण खानेपानी सरसफाई परियोजना दोस्रो चरणका महाराजगञ्ज इकाई संयोजक अनिल पाण्डे, वास सहजकर्ता अनिल कुमार ठाकुरले सो समिति गठन गर्नु भएको हो ।
नवगठित समितिले आगमी कार्तिक मसान्तसम्म साविक हर्दाैना गाविसलाई खुुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नका लागि विशेष भुमिका निर्वाह गर्ने अनिल कुमार ठाकुरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ भाद्र २०७४ बुधबार ००:००  २ : २६ बजे