७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एमालेका अध्यक्ष झविलालद्धारा तिजको शुभकामना



कपिलवस्तु, ८ भदौ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले सबै नेपाली महिलाहरु प्रति तिजको शुभकामना दिनु भएको छ ।
उहाँले एक प्रेस विज्ञप्ती जारी गरि तिजलाई भड्किलो नबनाई पर्वको संरक्षण गर्ने गरि सामान्य तवरले मनाउन उहाँले आग्रह गर्नु भएको छ ।
पछिल्ला दिनहरुमा तिजको संस्कृति भन्दा पनि विकृति भित्रीन थालेको प्रति चिन्ता व्यक्त गर्दै पर्वलाई जर्गेना गर्ने गरि मनाउन उहाँले सबै दिदी बहिनीहरुमा आग्रह गर्नु भएको छ ।
यस्तै स्कुल विभागका केन्द्रीय सदस्य विमला घिमिरेले पनि एक विज्ञप्ती जारी गरि तिजको अवसरमा सबै महिलाहरु प्रति शुभकामना दिनु भएको छ । तिजलाई खर्चिलो नबनाई सामान्य तवरले मनाउन समेत उहाँले सबै दिदी बहिनीहरुमा आग्रह गर्नु भएको छ ।
यसै विच प्रेस चौतारीका केन्द्रीय सदस्य पार्वती पाण्डेले एक प्रेस विज्ञप्ती जारी गरि देश विदेशमा रहनु हुने सम्पुर्ण महिला दिदी वहिनीहरुमा तिजको शुभकामना दिनु भएको छ ।
उहाँले पनि तिजलाई भड्किलो नबनाउन र संस्कृतिको संरक्षण गर्ने गरि पर्व मनाउन सबैमा अनुरोध गरिएको जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७४ बिहिबार ००:००  १ : ३३ बजे