१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वाणगंगाका पेट्रोल पप्प रित्ता, कोठाबाट खुस खुसु कालोबजारी !



दिपक अनुरागी कपिलवस्तु, ८ भाद्र ।
केहि दिन यता कपिलवस्तुको वाणगंगा क्षेत्रमा पेट्रोलको कालोबजारी बढेको छ । साता दिन अघि पेट्रोल पप्प व्यवसायिकै कारण पेट्रोल अभाव भएको थियो तर अहिले त्यो आन्दोलन साम्य भएको छ । यद्यपि पेट्रोल अभावको समस्या उस्तै देखिएको छ । यहि पेट्रोल अभावको मौका छोपि केहि पसल मलामाल भएका छन ।
वाणगंगा क्षेत्रका गजेहडा, चारनम्बर, बैरिया, पिपरा, बोडगाउ, बनागाई लगायतका बजारमा किराना पसले देखि पान बेच्ने पसले सम्मले पेट्रोल बेच्ने गरेको पाइएको छ । तर पेट्रोल पप्पमा कालो कपडाले छोपि पेट्रोल छैन भन्ने संकेत गरिएको छ ।
पेट्रोलको कृतिम अभाव सिर्जना गरि खुलेयाम कालोबजारी हुँदा पनि स्थानीय प्रशासन मौन जस्तै बनेको छ । तीज पर्वको बेला उपभोक्ताबाट पेट्रोल नभएको मौका छोपि चर्चा मूल्य अशुल गरि कालोबजारी धन्दा गर्ने माथि प्रशासनले कार्रबाहि गर्न सकेको छैन् । प्रशासनले कानमा तेल हालेर बसेको छ ।
नेपाल पेट्रोलियम डिलर्स एशोसियशन पश्चिमाञ्चलका उपाध्यक्ष ज्ञानराज भण्डारीले कपिलवस्तुमा पेट्रोलको अभाव भएको स्विकार गर्नुभयो । हालै बर्षा संगै आएको बाढीको कारण भारत विहारमा ठुलै क्षति भएकोले नेपालमा पेट्रोलको अभाव भएको उहाँले बताउनुभयो ।
भैरहवा डिपोमा रहेको स्टक पेट्रोल पनि सिद्धिन थालेको कारण पेट्रोल अभाव देखिएको उहाँको दाबी छ । गएराती गजेहडाको लुम्बिनी पेट्रोल पप्प, चारनम्बरको सिद्धार्थ पेट्रोल पम्प, गोरुसिङ्गे लगायतका पेट्रोल पम्पमा तीन तीन हजार पेट्रोल आएको उहाले जानकारी दिनुभयो ।
पेट्रोलको कृतिम अभाव भएको मौका छोपि केहि पसलेहरुले कालोबजारी गरिरहेको आफुले पनि सुनेको भण्डारीले बताउनुभयो । पेट्रोलको कालोबजारी गर्ने विरुद्ध आफ्नो संगठनले कडा कार्रबाहि गर्ने उहाले बताउनुभयो । यस बिषयमा स्थानीय प्रशासन जिम्मेवार बन्नुपर्नेमा उहाले जोड दिनुभएको छ ।
भण्डारीले गएराती केहि पेट्रोल पम्पमा तीन तीन हजार पेट्रोल आएको भने पनि बिहानै पेट्रोल लिन गएका उपभोक्ता रित्तो मोटरसाइकल फर्काउन बाध्य छन् । रातीपख आएको यति धेरै पेट्रोल विहान सम्म कहाँ गयो अच्चमको बिषय बनेको छ ।
उता रुपन्देहिमा पेट्रोल प्रयाप्त पाइएको छ । कपिलवस्तुका किन यस्तो भएको छ, एक अनुसन्धानको बिषय बन्न पुगेको छ । बिषेश स्रोतका अनुसार केहि पेट्रोल पम्पले कालोबजारी गर्न पेट्रोल अभाव भएको देखाउने गरेका छन । पम्पमा कालो कपडाले बेरेर पेट्रोल छैन भन्ने तर चर्को मूल्य दिन तयार भए कोठाबाट खुसुक्क पेट्रोल पाइने गरेको छ ।
आज एका विहानै पेट्रोल लिन गएकी एक युवतीलाई यस्तै व्यवहार देखाइयो । चिनजान भएकै कारण पाँच लिटर पेट्रोल हाल्न गएकि ति युवतीले डेढ लिटर पेट्रोल कोठाबाट खुसुक्क पाएकि छिन् । हरीतालिका तीजको मौका छोपि लाखौ कमाउने उद्देश्यले पेट्रोलको कृतिम अभाव सिर्जना गर्ने विरुद्ध स्थानीय प्रशासन मौन बसेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७४ बिहिबार ००:००  ३ : ३४ बजे