१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मदरसा बोर्डका १० सदस्यिय मुस्लिम टोली साउदी प्रस्थान



मो इमरान खान, कपिलवस्तु ८ भदौ ।
नेपालका शिर्षस्थ १० सदस्यिय मुस्लिम अगुवाको टोली आज (बिहीबार) साउदी अरब प्रस्थान गरेकोछ । साउदी अरबका राजा सलमानविन अब्दुल अजिज अलेसउदको निमन्त्रणामा मदरसा बोर्ड, सांसद, डीआईजी सहितको टोली साउदी गएको हो । मदरसा बोर्डका केन्द्रिय सदस्य मौलाना मशहूद खाँ ‘नेपाली’ नेतृत्वको टोली साँझ साढे ४ बजे साउदी अरब गएको बताइएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका ३, चैपुरवा निवासी राष्ट्रिय मदरसा संघका केन्द्रिय महासचिव मौलाना ‘नेपाली’ को नेतृत्वमा देशका शीर्षस्थ मुस्लिम अगुवाहरुको सहभागिता रहेको छ । टोलीमा सांसद कौसर शाह, डीआईजी असगर अली, समाजसेवी इकबाल अहमद मक्की, मोहम्मद बिन समेत शीर्षस्थ मुस्लिम अगुवाहरु रहेका छन । साउदी अरब भ्रमणका लागि साउदी राजाले निमन्त्रणा गरेकोमा टोली अगुवा मौलाना नेपालीले साउदी सरकारलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
साथै उहाँले नेपाली मदरसाले भोग्नुपरेको समस्या र बाढीपीडितहरुको सवाललाई साउदी सरकारसमक्ष प्राथमिकताका साथ राख्ने बताउनुभयो । १४ दिनको भ्रमणका लागि साउदी जान लागेको मुस्लिम अगुवाको टोली साउदी राजाका साथै विभिन्न व्यक्तित्वसँग भेटघाट गरी नेपालको समस्या दर्शाउने मौलाना मशहूद खाँ नेपालीले बताउनुभयो ।

प्रकाशित मिति : ८ भाद्र २०७४ बिहिबार ००:००  ११ : १८ बजे