११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कोरियामा रहेका युवाहरुद्धारा बाढीपिडितलाई सहयोग



अशोक पौडेल, कपिलवस्तु, ८ भदौ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा २ बालापुर क्षेत्रबाट कोरीयामा रहेका युवाहरुले बाढीपिडितहरु राहात बितरण गरेका छन । कोरीयामा रहेका बालापुर क्षेत्रका १६ जना युवाहरुले रु ७५ हजार उठाई बाढिपिडितहरुलाई राहात प्रदान गरेका हुन ।
कोरीयाबाट पठाएको उक्त रकम सहित इबुल टेकु शाखा, बाणगंगा यातायात ब्यवसायी समितिका कर्मचारी र बालापुर तथा शिवपुरका स्थानियहरुले रु १ लाख ३४ हजार बराबरको खाद्यान्न सामाग्री बाके जिल्लाको राप्ती सोनारी गाउपालिकाको वडा नम्बर ७ का बाढिपिडितहरुलाई बितरण गरिएको हो । वडा नः ७ का वडा अध्यक्ष राम लखन थारुको सहभागीतामा सो क्षेत्रका करिव ३ सय ६० जनालाई सामाग्री बितरण गरिएको थियो ।
थोरै मात्रामा भएतापनि बाढिपिडितहरुलाई सहयोग गरौ भन्ने उदेश्यका साथ रकम उठाएर पठाएको हाल कोरीयामा रहेको युवा प्रकाश पाण्डेले जानकारी दिनुभयो । साथै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको समुह हेल्पीङ हेण्डले ५५ हजार बराबरको जगं फुड साथै लत्ता कपडा समेत एक्टीभ युथ क्लवका ९ जना युवाहरुबाट राहत बितरण गरिएको क्लवका यम प्रसाद भुर्तेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ भाद्र २०७४ बिहिबार ००:००  ११ : २२ बजे