१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बहादुरगञ्जमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाईते



कपिलबस्तु, ८ भाद्र ।
कृष्णनगर देखि चन्द्रौटा आउदै गरेको लु १ ज ५६० नम्बरको जीप शुक्रबार दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बहादुरगंज चौक भन्दा झण्डै एक सय मिटर दक्षिणमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गणेश पलाई फ्याक्ट्रीका कार्यरत कर्मचारी जनकपुरका ५० बर्षिय उदयकान्त झांको मृत्युभएको बताइएको छ ।

यस्तै सो जीप अनियन्त्रित भई पल्टिदा साइकलमा सवार कृष्णनगर १ छितुहनीका जयकरण मौर्य र जीपमा सवार शिवराज नगरपालिकाकी ४५ बर्षीय सहनाज घाईते भएकी ईलाका प्रहरी कार्यालय बहादुरगञ्जले जनाएको छ । अगाडिको पाग्रा निस्केर जीप अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७४ बिहिबार ००:००  ५ : ०८ बजे