७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सुरही खोलामा माछा मार्न खोज्दा डुवेर ज्यान गयो



सीताराम चौधरी, चन्द्रौटा, ८ भदौ ।
पौडी खेल्ने क्रममा बिहीबार दिउँसो कपिलवस्तुमा एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शिवराज नगरपालिका १, शिवपुर निवासी १९ वर्षे रामु थारु रहेका छन् ।
विहान करीब ११ बजेको समयमा रामुसहित तीन जना सुरही खोलामा माछा मार्न गएको प्रहरीले जनाएको छ । मृतक रामुसँगै गएका आशाराम थारु र विराजमान थारु माछा मार्न थालेको र मृतक रामु नुहाउन भनी खोलामा गएको साथीहरुको भनाई उदृत गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । रामु अबेरसम्म नआएपछि खोज्दै जाँदा दहमा मृत फेला परेको उनीहरुले बयान दिएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।
मृतकको शवलाई बिहीबार नै शिवराज अस्पताल बहादुरगञ्जमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मृतक अविवाहित रहेको, आमाको मृत्यु भइसकेको तथा घरमा बुवा र दिदी मात्र रहेको प्रहरीको भनाई छ । मृतकलाई (शुक्रबार) मात्र सामाजिक संस्कार अनुसार अन्त्यस्थी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७४ बिहिबार ००:००  ५ : १३ बजे