१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

शिबराजको नगर परिषद १५ गते भन्दा यता नहुने



कपिलबस्तु, १० भाद्र ।
शिबराज नगरपालिकाको नगर परिषदका लागि अझै केहि दिन समय लाग्ने भएको छ । परिषदका लागि अहिले प्रत्येक वडामा समस्या सङ्कलन गर्न भेला बसिरहेको र समस्या सङ्कलन गरे पछि तत्कालै नगर परिषदको मिति तोकिने शिबराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो ।
नगर परिषदले यातायात, शिक्षा, कृषि, पर्यटन र सरसफाईमा बिशेष ध्यान दिइने अधिकारीले बताउनुभयो । बर्षायाम सुरु भएसँगै नगरभित्रका बिभिन्न क्षेत्रमा नदीले कटान गरी, डुबान हुदा यहाका जनताले समस्या भोग्दै आईरहेकाले यसलाई नियन्त्रण गर्न योजना बनाएको उहाले स्पष्ठ पार्नुभयो ।
शिबराज नगरपालिकामा ११ वटा वडा छन । त्यसैगरी बिगतका समयमा सरसफाईमा खासै ध्यान जान नसकेकाले यसलाई व्यबस्थापन गर्न सरसफाई अभियान चलाईने उहाले बताउनुभयो ।
स्थानियहरुले बिभिन्न गाउ गाउमा जोड्ने सडक स्तरोन्नती नभएका कारण आफुहरुले बिभिन्न समस्या भोग्नु परेको अत्याधिक गुनासो गरेकाले सडक सुधारमा लागी पर्ने उहाको भनाई छ । बजेट बिनियोजन गर्दा बाटो, नालि, सरसफाईलाई समेट्ने गरी बजेट बिनियोजन गरिने नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० भाद्र २०७४ शनिबार ००:००  ४ : ४८ बजे