१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाढीबाट चितवनमा १८ करोडको क्षति



चितवन, १० भदौ ।
साउनको भीषण बाढी र डुबानका कारण चितवनको कृषि तथा पशुपंक्षी क्षेत्रमा करिब १८ करोडको क्षति भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार त्यस क्षेत्रमा करिब १५ करोडको क्षति भएको छ । यस्तै, पशुपंक्षीमा करिब तीन करोडको नोक्सानी भएको पशुसेवा कार्यालयले जनाएको छ ।
बाढी र डुबानबाट धान, माछा, केरा, तरकारी, मौरीको घार, मह, कुलो, इनार, च्याउमा बढी प्रभाव परेको छ । वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठका अनुसार माडी इलाकाका किसानले बढी क्षति बेहोर्नुपरेको छ ।
एक हजार ६ सय २३ बिघा ११ कठ्ठामा लगाइएको कृषि उपजमा बढी क्षति भएको श्रेष्ठले जानकारी दिए । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
सबैभन्दा ठूलो क्षति माछापालनमा परेको छ । माछापालक कृषकको सात करोड २८ लाख ६५ हजार रुपैयाँबराबरको नोक्सानी भएको श्रेष्ठले जानकारी दिनुभयो । अधिकांश माछापोखरी डुबानमा परेका थिए । तीमध्ये केही भत्किएको र पुरिएको नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष रमेश पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : १० भाद्र २०७४ शनिबार ००:००  ४ : ५१ बजे