११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

भारत भ्रमणमा रहेका देउवाद्वारा राष्ट्रघाती सम्झौतामा हस्ताक्षर



काठमाडौँ, १० भदौ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको स्वार्थमा राष्ट्रघाती सम्झौतामा हस्ताक्षर गरेका छन् । दुबै देशका प्रधानमन्त्रीको भेटपछी जारी गरिएको संयुक्त विज्ञप्तिमा कोशीमा उच्च बाँध बनाउने सम्झौता भएको छ । विज्ञप्तिको २८ बुँदामा दुई देशबीच सप्तकोशी उच्च बाँध बनाउने सहमति उल्लेख छ ।
भारतले यो प्रस्ताव २०३१ सालमा नै गरेको थियो । तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापालाई यो बुँदामा सहमति गर्न भारतले प्रस्ताव गरेको थियो तर तत्कालिन राजा महेन्द्रले नमानेपछि रोकिएको थियो ।
पञ्चायती कालमा राजाले नमानेको राष्ट्रघातमा गणतन्त्र नेपालका प्रधानमन्त्री देउवाले सजिलै हस्ताक्षर गरिदिएका छन् ।
भारतले सीमा क्षेत्रमा बाँधेका बाँधकै कारण तराई–मधेस डुबानमा परेको बेला भारत भ्रमण निस्केका प्रधानमन्त्रीले नेपाली जनताको जीवनको पूरै बेवास्ता गरेर भारतलाई खुशी बनाउन उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सुनसरीको बराह क्षेत्रदेखि डेढ किलोमिटर उत्तरतर्फको सप्तकोशी नदीको साँघुरो घाँटीमा २ सय ६९ मिटर अग्लो र १ किलोमिटर लामो बाँध बनाइने छ । यसले भारतमा हुने डुबाउनलाई रोक्नेछ ।
कोशी उच्च बाँध बनेमा नेपालको लगभग २ सय वर्ग्किमी भू–भाग जलाशयमा परिणत हुन छ भने धनकुटा, भोजपुर, सुनसरी, उदयपुर, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लासम्मका १५ हजार घरधुरी डुबानमा पर्नुका साथै ७५ हजार नेपाली विस्थापित हुने विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति : १० भाद्र २०७४ शनिबार ००:००  ५ : १५ बजे