१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

केपि ओली भन्छन, देउवाले देशको धज्जी उडाएर भारतलाई खुसी पारे



काठमाडौ, १० भदौ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले देशको स्वाभिमानको धज्जी उडाएको बताएका छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि बैंकका जाने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले नयाँदिल्लीमा प्रम देउवाले भारतीय नेताहरुसामु दिएको अभिव्यक्ति र गतिविधि राष्ट्रिय स्वाभिमानविरुद्ध अत्यन्तै लज्जास्पद भएको प्रतिक्रिया दिए ।
प्रसंगविना प्रधानमन्त्रीले संविधान संशोधनको विषयमा बोल्नु भारतलाई खुसी पार्नका लागि भएको भन्दै ओलीले संविधान संशोधन पास गर्न नसकेकोमा भारतसमक्ष क्षमा याचना गरेर स्वाभिमानको धज्जी उडाएको बताए । ‘नेपालको गरिमाभन्दा बाहिर गएर राष्ट्रियता, संसदको विषयमा आँच आउने अभिव्यक्ति, भारतलाई खुसी पार्न बोलिएको हुनसक्छ,’ ओलीले भने ।

प्रकाशित मिति : १० भाद्र २०७४ शनिबार ००:००  ५ : २१ बजे