१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रदेश २ को चुनावी माहोल विस्तारै तात्दै



काठमाडौं, १० भदौ ।
नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलगायत सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ ।
नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तेस्रो चरणमा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो । प्रदेश नं २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह कायम भएका छन् ।
मुलुकमा हाल ७५३ स्थानीय तह कायम रहेकामा त्यसमध्ये महानगरपालिका छ, उपमहानगरपालिका ११, नगरपालिका २७६ हाल मुलुकमा छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ र गाउँपालिकाको संख्या ४६० रहेको छ ।
उक्त निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० भाद्र २०७४ शनिबार ००:००  १० : ३२ बजे