१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राप्रपाले गरायो दल दर्ता



११ भदौ, काठमाडौं ।
राप्रपाले संघीय र प्रदेश संसदको निर्वाचन प्रयोजनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
राप्रपा उपाध्यक्ष टंक ढकालको नेतृत्वमा आयोग पुगेको टोलीले दुवै तहका निर्वाचनमा भाग लिन दल दर्ता गराएको हो ।
टोलीमा महामन्त्री जयन्त चन्द, सहमहामन्त्री चन्द्रबहादुर गुरुङ, सांसद भाष्कर भद्रा, प्रवक्ताद्वय भुवन पाठक र सुशील श्रेष्ठ तथा नेताहरु दिलविकास राजभण्डारी, भरत पाठक र टेकराज पनेरुलगायत हुनुहुन्थ्यो ।
कमल थापा नेतृत्वको राप्रपा विभाजन भएर हालै राप्रपा (प्रजातान्त्रिक) गठन भएको छ । उक्त पार्टी पनि आयोगमा दर्ता गर्ने कसरतमा छ ।

प्रकाशित मिति : ११ भाद्र २०७४ आइतबार ००:००  ७ : १७ बजे