८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि चुनाव हुने पक्का



काठमाडौं, १२ भदौ  ।
नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि चुनाव हुने निश्चित भएको छ ।
सहमतिका लागि भएका प्रयास असफल भएपछि अब चुनाव हुने निश्चित भएको नेता रञ्जित तामाङले जानकारी दिनुभयो ।
आज बिहान पनि माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो ।
तर अध्यक्षका दाबेदार रञ्जित तामाङ र अनिल शर्माले आफ्नो दाबेदारी नछोडेका कारण चुनाव गरेरै नेतृत्व टुंग्याउने तय भएको नेताहरुले जानकारी दिएका छन् ।
मतदाताको नाममा दावीविरोध धेरै परेकाले अब त्यसलाई टुंग्याएर चुनाव गर्ने तय भएको नेता तामाङले जानकारी दिनुभयो ।
अखिल क्रान्तिकारीको काठमाडौमा चलिरहेको महाधिवेशनमा दुई हजार ३४ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । चुनावबाट ३३ पदाधिकारीसहित २ सय ३४ जना केन्द्रीय सदस्य चयन हुनेछन्

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  ४ : ४३ बजे