१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

तरकारीबाट कृषक मिनबहादुर सेन मालामाल



हरि अधिकारी, कपिलवस्तु, १५ भाद्र ।
वाणगंगा नगरपालिका ८ का मिनबहादुर सेनले तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । ४० वर्षीय युवा मिन बहादुर तरकारी व्यवसायबाट आफु सन्तुष्ट भएको बताए । साना किसान कृषि सहकारी संस्था मोतिपुरबाट विनाधितो २ लाख ऋण लिएर मिन बहादुर सेनले तरकारी व्यवसाय शुरु गरेका हुन् ।
“पैसाको अभाव, विनाधितो ऋण पाएपछि व्यवसायिक तरकारी खेती गरेको हु”मिन बहादुरले भने — तरकारी व्यवसाय भने जस्तो सजिलो छैन मेहनत गर्नुपर्दछ । उनले भने — ६ जना घरपरिवार छ, तरकारी व्यवसायबाट पढाई, घर खर्च, औषधी उपचारमा लाग्ने खर्च गरेर पनि वार्षिक ३ लाख पैसा बचत गरेको छु ।
शुरुवातीको डेढ बर्ष कुखुरा पालन व्यवसायमा घाटा व्यहोरेका उनले तरकारी खेतीबाट भने राम्रो आम्दानी गरेको बताएका छन् । ३ सय कुखुरा पालेर घाटा व्यहोरेपछि कुखुरा व्यवसायबाट विस्थापित बनेका उनले तरकारी खेती रोजेको बताए । तरकारी व्यवसायबाट पहिलेको कुखुरा पालनको ऋण तिरेको बताए ।
आफनो १८ कट्ठामा बा¥है महिना तरकारी खेती गरेर उनले ३ लाख बढि आम्दानी गर्न सफल भएका छन् । उनले भेण्डी, लौका, बोडी, घिरौला, करेला, साग, खुर्सानी, टमाटर, काक्रा लगाएतका तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्न सफल भएका हुन् । उनले मौसमी तथा वेमौसमी तरकारी उत्पादन गरेर घर तथा स्थानीय बजारमा विक्री गर्दै आएका छन् ।
उनले सिजनमा उत्पादन भएको तरकारी विक्रीका लागि बजार पु¥याउन, संकलन गर्न वाह्य कामदार समेत लगाउनु परेको बताए । कहिले काहि उत्पादन भएको तरकारीको बजार मूल्य सस्तो हुदा किसानलाई मर्का परेको बताए । उनको बारीमा धेरै खुर्सानी उत्पादन भएर बजार मूल्य नहुँदा त्यसलाई सुकाएर पनि विक्रि गर्नुपरेको बाध्यता सुनाए । धेरै विषादी प्रयोग गरेको तरकारी बजारमा आउछ, त्यो हरियो, चिल्लो र राम्रो देखिन्छ उनले भने — तर उपभोक्तालाई थाहा हुदैन एकदम विषादीयुक्त हुन्छ र परिक्षण पनि हुदैन ।
तरकारी व्यवसाय रोजेका मिन बहादुरलाई विनाधितो वैंकबाट ऋण उपलब्ध गराइएको साना किसान कृषि सहकारी संस्था मोतिपुरका प्रमुख शालिकराम पौडेलले जानकारी दिए । वैंकको ऋणबाट किसान मिनबहादुर सेनले व्यवसायिक रुपमा तरकारी खेती गरेर वैंकको सावाँव्याज समेत बुझाइ सकेको जानकारी दिएका छन् ।
उनको तरकारी व्यवसायलाई विस्तार गर्न थप ऋण आवश्यक परे उपलब्ध गराउने प्रमुख पौडेलले जानकारी दिए । सेन जस्तै सहकारीमा आवद्ध युवा कृषकहरुले सहकारीबाट ऋण सहयोग लिएर कृषि व्यवसाय संचालन गरेकोले थप उत्साहित बनाएको पौडेलले बताए । सफल कृषक मिनबहादुर सेनलाई उत्कृष्ट कृषकको रुपमा समेत सम्मान गरिसकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  ४ : ३७ बजे