१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गुल्मीमा दुई निर्वाचन क्षेत्र, प्रदेशतर्फ चार



गुल्मी, १५ भदौ ।
निर्वाचन क्षेत्र निर्धारणमा गुल्मीमा २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र निर्धारण भएको छ । हालका ३ निर्वाचन क्षेत्रलाई दुईवटा बनाइएको हो । प्रदेश सभाका लागि भने चार निर्वाचन क्षेत्र तय गरिएको छ ।
कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरवार गाउँपालिका, चन्द्रकोट गाउँपालिका र रेसुङ्गा नगरपालिकामा रहेका ७ देखि १४ वडा हरु क्षेत्र नम्बर १ मा परेका छन् ।
र, मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकामा रहेका १ देखि ६ वटा वडा क्षेत्र नम्बर २ मा छन् ।
प्रदेस तर्फ क्षेत्र नम्बर १ मा रहेका कालिगाण्डकी, सत्यवती, चन्द्रकोट, रुरु गाउँपालिकाका २, ५, ६ नम्बर वडालाई १ र रुरु गाउँपालिकामा रहेका १, ३, र ४ वडा छत्रकोट, गुल्मी दरवार, रेसुङ्गा नगरपालिकामा रहेका ७ वडा देखि १४ वडा सम्मको लाई २ नम्बरमा क्षेत्रमा राखिएको छ ।
त्यस्तै क्षेत्र नम्बर २ तर्फ रेसुङ्गा नगरपालिकामा रहेका १ देखि ६ वटा वडा, इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकालाई १ र मालिका, धुर्कोट र मदाने गाउँपालिकालाई २ प्रदेश गरी ४ वटा प्रादेशिक सभामा बिभाजन गरिएको छ ।
गुल्मीमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रेसुङ्गा नगरपालिकालाई दुइवटा क्षेत्रमा बिभाजित गरिएको छ भने प्रदेशसभा निर्वाचन क्षेत्रमा रुरु गाउँपालिका बिभाजन भएको छ ।
एउटा नगर र गाउँपालिका २ वटा निर्वाचन क्षेत्रमा बिभाजन नगरी सीमाङकन गर्न जिल्लाका राजनीतिक दलहरुबाट प्रयास भएपनि अत्यमा बिभाजन भएका छन् । गुल्मीमा १२ वटा स्थानीय तह छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  १ : ४९ बजे