७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

महालक्ष्मी सुर्गस मिल सर्लाही, उखु कृषक मारमा



बासुदेव बर्मा, कपिलवस्तु, १६ भाद्र ।
कपिलबस्तुमा रहेको महालक्ष्मी सुर्गस मिल सर्लाही सारे पछि उखु कृषकहरु मर्का परेका छन । किसानहरुको बाकी रकम भुक्तानी नगरी उखु मिल सर्लाहीमा स्थान्तरण भए लगत्तै उख कृषक मर्कामा परेका हुन् ।

नेपाल सरकार मन्त्री परिषदको निणर्यबाट श्री महालक्ष्मी सुर्गस मिल जिल्लालाई उखु प्रद्धर्धनको लागी ४ करोड रुपैया अनुदान दिए पनि कृषकले अनुदान रकम नपाउएको र अर्को तिर खेतमा लगाएको उखु बिक्री गर्ने ठाउँ नभएकाले कृषकहरु चिन्तीत बनेका छन् ।

अन्न बाली उत्पादन नहुने जग्गा भएकोले कृषकहरुको जिवनयापन गर्ने एक मात्र साधन भएकोमा उखु मिल अन्त जान लागे पछि बाल बच्चा पाल्न कठिन हुने भएको उनिहरुको गुनासो छ ।
लाखौ लाख रुपैया लगानी गरेर लगाएको उखु बेच्ने ठाउ“ नभएको लगानी डुबेको कृषकहरु बताउछन् ।

जिल्लामा यस बर्ष ४ हजार ९ सय ३० हेक्टरमा उखू लगाईएको छ । यस बर्ष २ लाख ७१ हजार १ सय ५० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७४ शुक्रबार ००:००  १ : ५६ बजे